News Portal

विप्लवका कार्यकर्ताले मनाए पार्टी पुनर्गठन दिवस,प्रहरीले हटायाे विप्लवकाे पम्प्लेट र नारा

रातोपोस्ट संवाददाता
१५३३ पटक

झापा । नेत्र विक्रम चन्द( विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापा र इलाम जिल्लाले पार्टी पुनर्गठन दिवस भव्य रुपमा सम्पन्न गरेको जनाएको छ ।


पार्टी पुनर्गठन दिवसको उपलक्ष्यमा विप्लवका नेता तथा कार्यकर्ताले स्थानीय बासिन्दाकाे बाक्लो उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै पार्टी पुनर्गठन दिवस मनाएका हुन्।


उक्त कार्यक्रमलाई झापा तथा इलामका जिल्ला नेताहरुले सम्बाेधन गरेको पार्टी स्रोतले बताएको छ।सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएपश्चात पुन विप्लवका कार्यकर्ताहरुले खुलेर कार्यक्रम गर्न थालेको पाइएको छ।
विप्लव नेकपा झापाका सेक्रेटरी श्रिजंगले उक्त कार्यक्रममा झापालि जनताले राम्रो साथ दिएकाे बताएका छन्।

उनले यो सरकार जनताको नभएर भारतीय बिस्तारबादकाे झुन्ड भएको भन्दै अबकाे बिकल्प एकीकृत जनक्रान्ति सहितको बैज्ञानिक समाजवादी ब्यवस्था रहेको उनले बताए ।
सहिद तथा बेपत्ता परिवारका सपना पूरा गर्न एकपटक आफुहरु सहिद हुन तयार रहेको भन्दै उनले भने “हिजोपनी जनताका सपनाको लागि हाम्रा सपनाहरू बलिदान गरेका हौं, आजपनी जनतालाई बचाएर बलिदान दिन तयार छौं।


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आजभन्दा ६ बर्षअगाडी माेहन वैद्य किरणसँग पार्टी बिभाजन गरि नयाँ पार्टी पुनर्गठन गरेको थियो।

प्रहरीले हटायाे विप्लवकाे पाेस्टर

पार्टीको छैटौं पुनर्गठन दिवसको अवसरमा विप्लव कार्यकर्ताले टाँसेकाे पोष्टर र भित्ते लेखनलाई प्रहरीले मेटाएको छ ।
झापाका विभिन्न क्षेत्र र सडक पर्खालमा गरेको पोष्टरिङ र भित्तामा लेखिएको नारालाई मेटाइएको हो ।

विप्लव कार्यकर्ताले  ‘भ्रष्टचारीलाई कारवाही गर, राष्ट्रघातीलाई कारवाही गर’ जस्ता नारा भित्तामा लेखेका थिएभने त्यतिकै मात्रामा पम्प्लेट टासेका थिए।

प्रतिकृया दिनुहोस्