News Portal

  • वडा अध्यक्षको घरमा बम विस्फोट, गाडी क्षतिग्रस्त

    सन्तोष अधिकारी
    ६२१ पटक

     

     

     

     

     

     

     

     

     

     

     

    कास्की : उपनिर्वाचन नजिकिँदै गर्दा कास्कीमा बम विस्फोटका घटना हुन थालेका छन्।सोमबार सबेरै बिहान २ बजेर ४५ मिनेटमा पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा बम विस्फोट भएको छ।

    बम विस्फोटबाट घर कम्पाउन्डमा पार्किङ गरेर राखेको गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।

    ३३ नम्बर वडाका अध्यक्ष आचार्यको पोखरा महानगरपालिका-१७ बिरौटास्थित घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा अज्ञात समुहले विस्फोट  गराएको हो।  घर परिसरमा बम पड्किएर गाडी क्षतिग्रस्त भएको वडाअध्यक्ष आचार्यको पारिवारिक स्रोतले पनि पुष्टि गरेको छ। विस्फोटबाट भएको क्षति विवरण खुलेको छैन

    घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)