News Portal

  • गृह मन्त्रालयको निर्देशन, शुल्क फिर्ता नगरे मेडिकल सञ्चालकलाई पक्राउ गर्नु

    रातोपोस्ट संवाददाता
    ९४० पटक

    काठमाडौं: सरकारले तोकेको शुल्कभन्दा बढी रकम लिएका मेडिकल कलेजले रकम फिर्ता नगरे ती मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

    सोमबार गृह मन्त्रालयमा बसेको बैठकले मंगलवारसम्म रकम फिर्ता नगरे मेडिकल संचालकलाई पक्राउ गर्न निर्देशन दिएको हो। गत असोज ६ गते सरकारले एक महिनाभित्र रकम फिर्ता गर्न सरकारले निर्देशन दिएको थियो।

    तर सरकारको निर्णय मेडिकल संचालकहरुले मानेका थिएनन्। ‘विद्यार्थीहरुले आफूल ठगिएको उजुरी दिएमा तत्कालै पक्राउ गर्न निर्देशन दिएका हौं,’ गृह मन्त्रालय स्रोतले भन्यो।

    बैठकमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणी पोख्रेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतको उपस्थिति थियो।

    बैठकमा गृहमन्त्री थापाले सरकारले २०७२ सालमा निर्धारण गरेको शुल्कभन्दा बढी लिएकोमा फिर्ता गराउन राजनीतिक समाधान र कानुनी प्रक्रिया दुबै अगाडि बढाउने बताएका थिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)