News Portal

  • अब अनलाइनबाटै श्रम स्वीकृति, यस्तो छ प्रक्रिया

    रातोपोस्ट संवाददाता
    ६९५ पटक

    काठमाडौँ । वैदेशिक रोजगार विभागले आउँदो मङ्सिर १५ गते वा आउँदो आइतबारदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरेको छ । गएको सातादेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गर्न लागेको हो ।

    वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित र मर्या्दित बनाउने उद्देश्यका साथ विभागले विद्युतीय प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जनाएको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले वैदेशिक रोजगारीमा जान चाहने युवाको प्रक्रियागत कामलाई सरल र व्यवस्थित गराउने उद्देश्यले विद्युतीय पालो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।

    उनका अनुसार उक्त प्रणालीअन्तर्गत सेवाग्राहीले श्रमस्वीकृतिका लागि अनलाइनमार्फत फाराम पेस गर्नेवित्तिकै सेवाग्राहीको श्रम स्वीकृति लिने पालो कुन दिन पर्छ भन्ने थाहा हुने छ । सेवाका लागि सेवाग्राहीले जुन कार्यालयमा छिटो पालो आउँछ त्यहाँबाट लिन सकिने भन्दै महानिर्देशक भुसालले थपे, “पाल्पाबाट आउने सेवाग्राही हुनुहुन्छ भने काठमाडौँभन्दा बुटवलमा छिटो पालो आयो भने त्यहीँबाट लिन सक्नुहुन्छ । ”  गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)