News Portal

  • अतिरिक्त शुल्क नबुझाउने मेडिकल कलेजको धम्की, गृहमन्त्रालयमा बैठक

    रातोपोस्ट संवाददाता
    ८७८ पटक

    काठमाडौँ ।  मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने बताएका छन् ।

    मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेर सात वटा मेडिकल सञ्चालकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई ज्ञापन पत्र बुझाउँदै अतिरिक्त शुल्क फिर्ता नलिने अडान राखेका हुन् ।

    उनीहरुले सरकारले तोकेभन्दा बढी शुल्क नलिएको भन्दै शुल्क फिर्ता नहुने नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सञ्चालक सुरेश कुमार कनोडियाले बताउनुभयो । तर अतिरिक्त शुल्कमा समायोजन गर्न भने सकिने उहाँको भनाइ छ ।

    सरकारले बढी लिएको शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकलाई मंगलबारसम्मको अल्टिमेटम दिएको थियो । मंगलबारसम्ममा बढी लिएको शुल्क फिर्ता नभए ठगी मुद्दामा पक्राउ गरी कारबाही गर्ने चेतावनी दिएको थियो ।

    यो अल्टिमेटमपछि मंगलबार काठमाण्डाै मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस चितवन, लुम्बिनी मेडिकल कलेज पाल्पा, नेपाल मेडिकल कलेज जोरपाटी, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, विराट मेडिकल कलेज विराटनगर  र देवदह मेडिकल कलेजका सञ्चालकहरु शिक्षा मन्त्रालयमा ज्ञापन पत्र बुझाउन पुगेका हुन् ।

    मेडिकल कलेज सञ्चालकहरुकाे याे कदमपछि सरकारकाे अबकाे कदम के हुने भन्नेबारेमा अहिले गृहमन्त्रालयमा शिक्षा मन्त्रालयका पदाधिकारीसहित बैठक बसिरेहेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)