News Portal

  • मालीमा दुई हेलिकोप्टर ठोक्किए, १३ फ्रान्सेली सैनिकको मृत्यु

    रातोपोस्ट संवाददाता
    ६५९ पटक

    एजेन्सी । अफ्रिकी मुलुक मालीमा दुईओटा हेलिकोप्टर एकापसमा ठोक्किँदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु भएको छ ।

    जिहादीविरुद्धको कारबाहीका क्रममा हेलिकोप्टर दुर्घटना भएको फ्रान्सको राष्ट्रपति कार्यालयले जनाएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले गहिरो शोक व्यक्त गरेका छन् ।

    घटनाबारे अनुसन्धान सुरु भएको छ । स्थानीय समयअनुसार सोमबार राति सो दुर्घटना भएको हो । मालीको उत्तरी क्षेत्रमा सन् २०१३ मा इस्लामिक लडाकूले कब्जा गरेपछि फ्रान्सले उक्त क्षेत्रमा हजारौँ तैनाथ गरेको छ ।

    त्यस क्षेत्रका अधिकांश भाग सेनाको नियन्त्रणमा छ भएपनि असुरक्षाको वातावरण भने जारी छ र यस क्षेत्रसँग नजिकको अन्य देशहरुमा पनि हिंसा फैलिएको छ ।  माली, माउरीटानिया, नाइजर, बुर्किना फासो र चाडमा स्लामिक लडाकू विरुद्धको लडाईमा सघाउनका लागि फ्रान्सका ४५ सय सैनिक तैनाथ छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)