News Portal

  • उपनिर्वाचनको मौन अवधि आज रातिबाट सुरु, अन्तिम दौडधुपमा नेताहरु

    रातोपोस्ट संवाददाता
    १०६८ पटक

    काठमाडौं । आगामी शनिबार हुने उपनिर्वाचनको मौन अवधी आज रातिबाट सुरु हुँदैछ । त्यसअघिसम्म परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा लागेका छन् ।

    कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि आगामी शनिबार उपनिर्वाचन हुन लागेको हो ।

    दलहरूले आज भक्तपुरमा अन्तिम चुनावी सभा राखेका छन् । स्थानीय तह अन्र्तगत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ पदका लागि पनि उपनिर्वाचन हुँदै छ ।

    उपननिर्वाचनमा १ सय १ दलले भाग लिँदै छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले भाग लिएका छन् ।

    २०७४ को निर्वाचनपछि थपिएका १६ हजार २ सय १९ मतदाताले उपनिर्वाचनमा मतदान गर्न पाउनेछन् । उपनिर्वाचनमा मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ छ ।

    मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन् ।

    शीर्ष नेताहरू चुनावी दौडधुपमा सक्रिय भए पनि यसपटक आचारसंहिता उल्लंघनका उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)