News Portal

क्याफे हमलाका सातजना दोषीलाई मृत्युदण्डको सजाय

एजेन्सी
५६७ पटक

ढाका।बंगलादेशको एक अदालतले क्याफे हमलाका सातजना दोषीलाई मृत्युदण्डको फैसला सुनाएको छ।

राजधानी ढाकास्थित चर्चित होली आर्टिसन बेकरी क्याफे हमलाका सातजना दोषीलाई अदालतले मृत्युदण्डकाे फैसला  सुनाएको हो ।

ढाकाको गुल्सन क्षेत्रमा रहेको उक्त क्याफेमा २०१६ को जुलाइ १ मा २२ जनाको ज्यान जाने गरी भएको हमलामा १७ जना विदेशी नागरिक मारिएका थिए । आतंकवादी हमला भनिएको उक्त घटनामा संलग्न सातजनालाई बंगलादेशको एक अदालतले आज बुधबार मृत्युदण्ड सुनाएको हो ।

न्यायाधीश एमडी मजिबुर रहमानको नेतृत्वमा अदालतले मृत्युदण्डको फैसला सुनाएको बंगलादेशका मिडियाहरुले बताएका छन्। हदिसुर रहमान, राकिबुल हसन रेगन, अस्लाम होसेन रश, एमडी अब्दुस सबुर खान, शरिफुल इस्लाम खलेद, ममुनुर रशिद रिपोन र जहांगिर होसेनलाई मृत्युदण्डको सजाय सुनाइएको हो।

प्रतिकृया दिनुहोस्