News Portal

दैलेख माइक्रो दुर्घटना : मृतक सबैको सनाखत, घाइतेको सुर्खेतमा उपचार हुँदै

रातोपोस्ट संवाददाता
५४८ पटक

 

 

 

 

 

 

 

 

 

 

दैलेख : दैलेखमा माइक्रो बस दुर्घटना हुँदा तीनजनाको मृत्यृ भएको छ। १५ जना घाइते भएका छन्। मृतक तिनैजनाको सनाख हुनुका साथै घाइते सबैको पहिचान खुलेको दैलेख प्रहरीले जनाएको छ।

दुर्घटना मृत्यृ हुनेमा दैलेख घर भई बर्दिया सानोश्री-८ ताराताल बस्ने २९ वर्षीय नामबहादुर बढुवाल, उनकी श्रीमति २७ वर्षीया कमला बढुवाल र वीरेन्द्रनगर नगरपालिका-३ बस्ने ५७ वर्षीय थिरे कामी रहेको प्रहरीले जानकारी दिएको छ।

घाइते हुनेहरूमा सुर्खेत जिल्ला खजुरा बस्ने मंगले गुरुङ, मुकेश गुरुङ दैलेख जिल्ला दुल्लू नगरपालिका-१० बस्ने लक्ष्मी योगी, अविशेक योगी, सुर्खेतको तातोपानी बस्ने मोहन परियार, झुमा परियार, चन्द्रा परियार, भीम परियार सुर्खेतकै सुब्बाकुना बस्ने देवीप्रसाद सुवेदी र दैलेखको भगवतिमाई गाउँपालिका ३ बस्ने लक्ष्मीप्रसाद उपाध्याय रहेका छन्।

यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका धुलायबिट बस्ने चन्द्रकली सिगौडी, बाँके जिल्ला नौबस्ता बस्ने कर्णबहादुर बोगटी लक्ष्मी बोगटी दैलेखको चामुण्डाविन्द्रासैनी ४ बस्ने १७ वर्षीया लक्ष्मी रावत र दैलेखको नारायण नगरपालिका ४ बस्ने दिलबहादुर कटुवाल रहेका छन्। घाइतेहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सुर्खेतबाट दैलेख आउँदै गरेको भे. १ ज १०२९ नम्बरको माइक्रो बस शुक्रबार बिहान करिव १२ बेज दैलेखको गुरास गाउँपालिका ४ मुंग्रामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए।

उनका अनुसार गाडी चालक सुर्खेतको वीरेनद्रनगर नगरपालिकान १८ बस्ने २३ वर्षीया नरेस शाही पनि घाइते भएको र उनलाई नियन्त्रणमा लिइसकिएको छ। घाइतहरूलाई तत्काल उपचारका लागि सुर्खेत पठाइएकाले उमेर अवस्था खुल्न नसकेको प्रहरीले भनाइ  छ। गाडी सडकबाट झण्डै २ सय ५० मिटर तल खसेको थियो। सागुरो सडकमा तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। थाहा खबर

प्रतिकृया दिनुहोस्