News Portal

भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

रातोपोस्ट
९०४ पटक

काठमाडौं । भोलि शनिबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। संघ, प्रदेश र स्थानीय तहमा रिक्त पदमा जनप्रतिनिधि बहाली गर्न ३७ जिल्लाका २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रमा उपनिर्वाचन हुँदैछ।

यसमध्ये प्रतिनिधिसभातर्फ ३२ मतदानस्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यततर्फ ७८ मतदानस्थल र १ सय ७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थल र २ सय ८१ मतदान केन्द्र तोकिएको छ।

८ सय वा सो भन्दा बढी मतदाता भएका केन्द्र ३ सय ३७ र ८ सयभन्दा कम मतदाता रहेका केन्द्र २ सय छन् । आयोगका अनुसार निर्वाचन गराउन मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायत सुरक्षाकर्मीहरू मतदानका आवश्यक सामग्रीसहित मतदान केन्द्रमा पुगिसकेका छन्।

उपनिर्वाचन सम्पन्न गर्नका निम्ति आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो।

उपनिर्वाचन सम्पन्न गर्न आयोग र जिल्ला निर्वाचन कार्यालयका कर्मचारीबाहेक मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ३ सय ५४ जना कर्मचारी खटिएका छन्। त्यस्तै मतदान केन्द्रमा २ सय ६ सय ८४ जना कर्मचारी, स्वयंसेवक २ हजार १६ गरी जम्मा ५ हजार ५४ जना खटिएका छन्। नेपाल समाचारपत्रबाट

प्रतिकृया दिनुहोस्