News Portal

  • ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन, ४ लाख ५४ हजारले भोट हाल्दै (तस्बिरसहित)

    रातोपोस्ट संवाददाता
    ९४४ पटक

    काठमाडौं । ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन जारी छ । बिहान ७ बजेदेखि सुरू भएको मतदानमा उत्साहजनक सहभागिता रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

    कास्की–२ को प्रतिनिधिसभा, दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभाका सदस्यका लागि उपनिर्वाचन हुँदैछ । त्यस्तै फाल्गुनन्द, मकालु गाउँपालिका र पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन जारी छ ।

    विभिन्न स्थानीय तहका गरी ४३ वडाध्यक्षको पनि आजै उपचुनाव हुँदैछ ।

    कास्की–२ मा २१ उमेदवार प्रतिस्पर्धामा छन् । त्यस्तै भक्तपुर, बाल्गुङ, दाङको प्रदेशसभा सदस्य निर्वाचन ४३ उमेदवार प्रतिस्पर्धामा छन् । अन्य स्थानका लागि २७३ उमेदवार मैदानमा रहेको आयोगले जनाएको छ ।

    यो उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनाले मताधिकार प्रयोग गर्नेछन् । मतदान बेलुका ५ बजेसम्म जारी रहने आयोगले जानकारी दिएको छ । बाह्रखरी

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)