News Portal

उपचुनाव : कञ्चनपुरमा खानेपानी मन्त्री मगरकाे मतदान

रातोपोस्ट संवाददाता
९२० पटक

कञ्चनपुर। विहान ७ बजेदेखि शुरू भएको कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३को अध्यक्ष पदमा भइरहेको उपनिर्वाचनमा खानेपानी मन्त्री बिना मगरले मतदान गरेकी छन् ।

मन्त्री मगरले गोरखा माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा पुगेर बिहान ९ बजे मतदान गरेकी थिइन् । मतदानका लागि ३ सय बढी सुरक्षाकर्मीहरू परिचालन भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सो वडामा फैरू तामाङ निर्वाचित भएका थिए । उनी जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त वडाको अध्यक्ष पद रिक्त रहेको थियो ।

उक्त पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कृष्ण बहादुर तामाङ, नेपाली कांग्रेसका दीप बहादुर तामाङ, समाजवादी पार्टीका भीम तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम शाही उम्मेदवार रहेका छन् ।

प्रतिकृया दिनुहोस्