News Portal

  • रोल्पाको थबाङ-१ मा नेकपा विजयी

    रातोपोस्ट संवाददाता
    ६७२ पटक

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार जनकबहादुर बुढा मगर विजयी हुनु भएकोे छ ।

    उहाँ १ सय ७४ मत प्राप्त गरी वडाअध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कलमबहादुर रोका मगरले २६ मत प्राप्त गर्नुभयो । २ सय ९ मत खसेको थबाङ १ मा ९ मत बदर भएको छ ।

    आज भएको उपचुनावमा २ सय ९ जनाले मात्रै मतदान गरेका थिए । १ हजार २ सय ७४ जना मतदाता रहेको वडामा २ सय ९ जनाले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

    सबैभन्दा कम मत खसेको थबाङमा सबैभन्दा पहिले मत गणना सम्पन्न भएको हो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)