News Portal

  • प्रचण्डको नेतृत्वमा ६० जना नेता तथा कार्यकर्ता चीन जाँदै

    रातोपोस्ट संवाददाता
    १२४१ पटक

    काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीका ६० जना नेता तथा कार्यकर्ता चीन भ्रमणमा जान लागेका छन् ।

    यही मङ्सिर २४ गते जाने टोलीमा पार्टीका स्थायी कमिटी तथा केन्द्रीय समितिका सदस्यहरू रहने नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । टोलीमा ६० जना जाने तयारी भइरहेको छ तर को–को जाने त्यसको टुङ्गो नलागेको बताए । उनले भने, “टोलीमा पार्टी केन्द्रीय कमिटीभन्दा बाहिरका पनि नेता हुन सक्छन् । ”

    पौडेलले चिनियाँ कम्युनिस्ट पार्टीले एक वर्षभित्र नेकपाका सबै केन्द्रीय कमिटी सदस्यलाई चीन घुमाइसक्ने योजना रहेको जानकारी दिए । उनले भने, “चिनियाँ कम्युनिस्ट पार्टीले एक वर्षभित्र नेकपाका सबै नेतालाई चीन भ्रमण भनेको छ, सोही योजनाअनुसार पहिलो टोली प्रचण्डको नेतृत्वमा जान लागेको हो । ’’

    उनले नेकपाका मात्र होइन, अन्य दलका नेता तथा कार्यकर्तालाई समेत चीनमा आमन्त्रण गर्ने कार्यक्रम आफूलाई जानकारी भएको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)