News Portal

  • साग फुटबल : भुटानविरुद्ध नेपाल ४-० ले विजयी

    रातोपोस्ट संवाददाता
    १०१८ पटक

    काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार विजयीको सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमै भुटानलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार जितको सुरुवात गरेको हो ।

    नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको हो । कप्तान सुजल श्रेष्ठको उत्कृष्ट प्रदर्शनमा नेपालले भुटानमाथि लगातार दबाब बनाएको थियो । नेपालको जितमा कप्तान श्रेष्ठले दुई गोल गरे ।खेलको पाचौँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका उनले ५० औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई सुरक्षित अवस्थामा पु¥याएका थिए ।

    ६५ औँ मिनेटमा अभिशेष रिजालले तेस्रो गोल गरे । ७७ औँ मिनेटमा मिक्चेन तामाङले फ्रिकिकमार्फत आकर्षक गोल गर्दै नेपालको जित सुनिश्चित गरेको हो ।जारी प्रतियोगितामा भुटानले यसअघि बङ्गलादेशलाई पराजित गरेको थियो । प्रतियोगितामा भुटानले दुई खेलबाट तीन अंक जोडेको छ भने नेपालले पहिलो खेलबाटै तीन अंक बटुलेको हो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)