News Portal

  • “एनसेल मेला२०७६” हुन नदिने विप्लव नेकपाकाे चेतावनी

    रातोपोस्ट संवाददाता
    ८५१ पटक

    काठमाडौं ।नेेेेेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दूरसञ्चार प्रदायक कम्पनी एनसेलले गर्न लागेको  ‘एनसेल मेला २०७६’ गर्न नदिने भएको छ । पार्टीले मङ्गलबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

    पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भ्रष्ट र देशद्रोही कम्पनीले ‘एनसेल मेला २०७६’ चलाउन खोजेको समाचारले नेपाली जनता र हाम्रो पार्टीलाई आक्रोशित बनाएको छ । पर्यटन वर्षको बहानामा एनसेललाई देश लुट्न छूट दिन सकिँदैन । तसर्थ उक्त मेला बन्द नगरे कडा कारबाही गर्न पार्टी बाध्य हुने चेतावनी दिन चाहन्छौँ र कलाकार, विद्यालय, खेलमैदानका व्यवस्थापकहरूलगायत सबै नागरिकहरूलाई उक्त भ्रष्ट कम्पनीलाई सहयोग नगर्न तथा एनसेल कम्पनीको कुनै पनि कार्यक्रममा सहभागी नहुन अपिल गर्दछौँ ।’

    प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ, ‘दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल नेपाल र नेपाली जनताको मर्यादा उल्घङ्लन गरेको, कर तिर्न अस्वीकार गरेको, नेपालका नेताहरूलाई घूस र एकाधिकार पुँजीको प्रभाव र दबाबमा रहेको, न्यायिक निकायलाई खरिद गरेको र व्यापक भ्रष्टाचार गरेका कारण उक्त कम्पनीलाई हाम्रो पार्टीले कारबाही गर्दै आएको छ । नागरिक अगुवा र अभियन्ताहरूले एनसेल बहिष्कार अभियान चलाइरहेका छन् । यस्तो अवस्थामा उक्त भ्रष्ट र देशद्रोही कम्पनीले ‘एनसेल मेला २०७६’ चलाउन खोजेको समाचारले नेपाली जनता र हाम्रो पार्टीलाई आक्रोशित बनाएको छ । पर्यटन वर्षको बहानामा एनसेललाई देश लुट्न छूट दिन सकिँदैन । तसर्थ उक्त मेला बन्द नगरे कडा कारबाही गर्न पार्टी बाध्य हुने चेतावनी दिन चाहन्छौँ र कलाकार, विद्यालय, खेलमैदानका व्यवस्थापकहरूलगायत सबै नागरिकहरूलाई उक्त भ्रष्ट कम्पनीलाई सहयोग नगर्न तथा एनसेल कम्पनीको कुनै पनि कार्यक्रममा सहभागी नहुन अपिल गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ….

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)