News Portal

  • प्रतिबन्धित विप्लव नेकपाद्वारा नदीजन्य पदार्थ निकासीमा प्रतिबन्धको घोषणा

    रातोपोस्ट
    ११६४ पटक

    उदयपुर : सरकारद्वारा प्रतिबन्धको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उदयपुर जिल्लामा बालुवा, गिट्टी, ढुंगा तथा काठ निकासीमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ।

    नेकपाको जिल्ला जनसरकार प्रमुख नरसिंहले एक विज्ञप्ति जारी गर्दै उदयपुरमा अवैधानिक तथा गैरकानुनी रूपमा नदीजन्य पदार्थ तस्करी व्यापक रूपमा फस्टाएको भन्दै प्रतिबन्धको घोषणा गरेको हो।

    जनताको स्वास्थ्यमा प्रतिकूल असर हुने गरि प्राकृतिक स्रोतको दोहन गर्ने काम तीब्र भएको प्रति गम्भीर ध्यानाकर्षण भएको विप्लव नेतृत्वको नेकपाले उल्लेख गरेको छ। भ्रष्ट सरकारी कर्मचारी, जनप्रतिनिधि र ठेकेदारले स्थानीय दलाल तस्करसँगको मिलेमतोमा अवैध उत्खननको धन्दा चलाएर चुरे क्षेत्रको विनाश गर्न लागि परेको नेकपाले आरोप लगाएको छ।

    यही गतिमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन जारी रहेमा उदयपुरको उर्भर भूमि केही वर्षभित्रै मरभूमीकरणको चपेटामा पर्ने खतराप्रति सचेत गराउँदै यस्तो कदम चालेको नेकपाको दाबी छ। उसले नेपालमा अवैध तथा गैरकानुनी रूपमा उत्खनन गरिएको नदीजन्य पदार्थ भारत निकासी गरेर भ्रष्ट कर्मचारी तथा जनप्रतिनिधिले राष्ट्रघात गरेको आरोप पनि लगाएको छ। थाहा खबर

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)