News Portal

  • १३ औं साग : श्रीलंकाले नेपाललाई बराबरीमा रोक्यो

    रातोपोस्ट संवाददाता
    ५२४ पटक

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल  श्रीलंकासँग बराबरीमा रोकिएको छ।

    बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल श्रीलंकासँग १–१ गोलको बराबरीमा रोकिएको हो। खेलमा सुरुवाती अग्रता भने नेपालले लिएको थियो।

    खेलको ३७ औं मिनेटमा पाएको पेनाल्टीमार्फत कप्तान सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। श्रीलंकाली खेलाडीले नेपाली खेलाडी अनन्त तामाङलाई डी बक्सभित्र लडाएपछि पाएको नेपालले पेनाल्टी पाएको थियो। जसमा सुजल चुकेनन्।

    तर, खेलको अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल अंक बाड्न पुग्यो। खेलको ९१ औं मिनेटमा श्रीलंकाका लागि मोहम्मद आकिबले बराबरी गोल फर्काएका थिए।

    बराबरीसँगै दुवै टिमले १–१ अंक बाँडेका छन्। यसअघि भएको पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)