News Portal

  • माल्दिभ्सविरुद्ध सहज जितसँगै नेपाल फाइनलमा

    रातोपोस्ट संवाददाता
    ५४१ पटक

    काठमाडौं । पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध सहज जित निकाल्दै फाइनलमा स्थान बनाएको छ ।

    बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले पराजित गर्दै नेपालले भारतसँग फाइनल यात्रा पक्का गरेको हो । नेपालका लागि सावित्रा भण्डारीले कीर्तिमानी गोलसँग ह्याट्रिक पूरा गरिन् ।

    पोखरा रंगशालामा भएको खेलको १६ औँ मिनेटमा साबित्राको गोलमार्फत नेपालले सुरुआती अग्रता बनाएको थियो । खेलको २० औँ मिनेटमा साबित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारेकी थिइन् ।

    खेलको इन्जुरी समयमा साबित्राले ह्याट्रिक पूरा गरेकी हुन् । साबित्राले नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाले बनाएको ३५ गोलको कीर्तिमान तोडेकी हुन् । नेपालले अब फाइनलमा शनिबार २ बजे भारतसँग खेल्नेछ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)