News Portal

  • भारतको गिद्दे दृष्टिप्रति विप्लव नेकपाको आपत्ति, झापामा टांगियो बृहत नेपालको नक्सा

    रातोपोस्ट संवाददाता
    १११७ पटक

    झापा । नेत्र विक्रम चन्द ( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले पार्टीको पुर्व घोषित कार्यक्रम अनुसार आज बिहिवार विशाल नेपालको नक्सा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ।

    जिल्ला सेक्रेटरी श्रीजंगले झापालि जनसमुदायको भव्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।

    राष्ट्रियताको पक्षमा बोल्दा आफुहरुलाई प्रतिबन्धित गर्दै केपि पिके सरकारले देशको सिमाना भारतले मिच्दा समेत कुनै पहल नगरेको भन्दै उहाँले सरकार दिल्लीको दलाल भएको र यो सरकारले जनता र देशको रक्षा गर्न नसक्ने बताउनुभयो । भारतिय साम्राज्यवादको दादागिरी बढेकोले बिगत पुर्खादेखी गुमेको भुभाग फिर्ताका लागि आफ्नो पार्टी अन्तिम सम्म लड्ने र आम नेपाली जनताले साथ दिने उहाँले बताउनुभयो।

    नेकपाले झापाको दमकस्थित हिमाबि ,सुरुङ्गा,सिवसताक्षी,भद्रपुर,बिर्तामोड ,बुद्धशान्ति ,मेचिनगर लगायतका स्थानमा बृहत् नेपालको नक्सा सहितको ब्यानर राख्दै प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ।

    प्रचारप्रसारमा उपस्थित झापालि जनताले राष्ट्रियताकाे निमित्त आफुहरुकाे निरन्तर साथ रहेको बताउँदै निरन्तर अगाडि बढ्न सुझाव दिएको सेक्रेटरी श्रिजंगले बताउनुभयो ।

     

    झापाका विभिन्न स्थानमा विप्लवका जिल्ला तहका नेताले कार्यक्रमलाई सम्बाेधन गर्दै सिमारक्षा र भारतीय दादागिरीका बिरुद्ध आफुहरु निरन्तर लडिरहने बताएका छन्।सरकारले आफुहरुले राष्ट्रघाति दलालहरुलाई कारबाही गरेकै कारण प्रतिबन्ध लगाउँदै राष्ट्रघाति दलालहरुलाई सहयोग गरेको बताएका छन्।

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)