News Portal

  • १३ औँ साग : आज २३ खेल हुँदै

    रातोपोस्ट संवाददाता
    ७५४ पटक

    काठमाण्डाै।  १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियाेगिता (साग) अन्तर्गत शुक्रबार पनि विभिन्न २३ वटा खेलहरु हुँदैछन् । काठमाडौ, पोखरा र जनकपुरमा सुरु भएको प्रतियोगिता अन्तर्गत खेल हुन लागेका हुन् ।

    शुक्रबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

    जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ भने कुस्ती जनकपुरमा हुनेछ । कीर्तिपुर क्रिकेट मैदानमा पुरुष क्रिकेट हुने छ । क्रिकेट अन्तर्गत समूह चरणको खेलमा नेपालले शुक्रबार माल्दिभ्ससँग खेल्दै छ ।

    महिला क्रिकेट भने पोखरामा जारी छ । पोखरामा शुक्रबार नेपालले श्रीलंकासँग खेल्ने छ ।

    साग अन्तर्गत शुक्रबारदेखि बक्सिङ सुरु हुँदैछ । पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित कराते हलमा नेपालले ४ वटा इभेन्टमा प्रतिस्पर्धा गर्न लागेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)