News Portal

  • १३औं साग : महिला क्रिकेटमा नेपाल पराजित

    रातोपोस्ट संवाददाता
    ५२० पटक

    पोखरा : नेपाली महिला क्रिकेट टोली १३औँ साग अन्तर्गत शुक्रबार भएको खेलमा श्रीलंकासँग ४१ रनले पराजित भएको छ।

    पोखरा रंगशालमा भएको खेलमा श्रीलंकाले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन मात्र बनाउन सक्यो। नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक १९ रनको योगदान गरिन्।

    कविता कुवँरले नट आउट १३ रन बनाउँदा कविता भण्डारीले १२ रन, अप्सरी बेगमले ११ रनको योगदान गर्दा नेपालका लागि अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन्।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन बनाएको थियो। श्रीलंकाका लागि लाहिनी अप्सराले सर्वाधिक ३७ रन बनाउँदा जनादी अनालील ३५ र सत्या सन्दीपनीले २२ रन जोडिन्।

    नेपालको बलिङतर्फ सरस्वती कुमारी र सोनु खड्काले २/२ विकेट लिए। यो हारसँगै नेपाली महिला क्रिकेट टोली फाइनल प्रवेशको सम्भावना पनि सक्किएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)