News Portal

  • जनप्रिय साकोसको साधारण सभा सम्पन्न

    रातोपोस्ट संवाददाता
    ७९५ पटक

    झापा। मेचीनगर–१० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

    सभाको उद्घाटन जिल्ला सहकारी संघका सदस्य खडानन्द गुरागाईंले गरेका थिए । सभाको खुल्ला सत्रमा विशेष अतिथि मेचीनगर वडा नम्बर १० का अध्यक्ष सुदय पनेरु, पूर्वीद्धार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्वेश्वरप्रसाद भट्टराई, जनप्रिय साकोसका व्यवस्थापक सुन्दरबहादुर मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    सभाको सन्दर्भ पारेर संस्थाले ज्येष्ठ शेयर सदस्यतर्फ गणेशविक्रम नेम्बाङ, चन्द्रकुमार भट्टराई र विष्णुमाया गुरुङ, असल बचतकर्तातर्फ रिता ढुंगेल र फिरोजी खातुन, असल ऋणितर्फ इन्दिरा खड्का र प्रदीप थापा मगर तथा उत्कृष्ट कर्मचारीका रुपमा गंगा मगरलाई सम्मान गरेको छ ।

    मेची उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित सभाका सम्मानित व्यक्तित्वलाई प्रमुख अतिथिलगायत अन्य अतिथिहरुले सम्मानपत्र र नगदराशी प्रदान गरेका गरेका थिए ।

    सभाको खुल्ला सत्रमा संस्थाका अध्यक्ष विष्णुकुमार लिम्बूद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक डिल्लीराम खनालद्धारा प्रस्तुत लेखा प्रतिवेदन बन्द सत्रबाट सर्वसम्मत रुपमा पारित भएको बताइएको छ ।

    संस्थाका अध्यक्ष विष्णुकुमार लिम्बूको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष पशुपति नेपाल र सञ्चालन सचिव सुभाष गुरुङले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)