News Portal

रोमाञ्चक जीतबाट काँकडभिट्टा सेमिफाइनलमा

रातोपोस्ट संवाददाता
८५७ पटक

झापा । कचनकवलमाथि रोमाञ्चक जित निकाल्दै बिलिभर्स इष्टर्न चच काँकडभिट्टा झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुर माविको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा कचनकवल फुटबल क्लबलाई दुईको विरुद्ध तीन गोलले स्तब्ध बनाउँदै काँकडभिट्टा सेमीफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा काँकडभिट्टालाई दबाब राख्दै कचनकवलले दुई गोलले अग्रता लिएको थियो । खेलको १५ औँ मिनेटमा कचनकवलका रोमन तामाङले गोल गर्दै अग्रता दिलाए । काँकडभिट्टाका विशाल र्मुर्मु खेलको २० औँ मिनेटमा आत्मघाती गोल गरेपछि कचनकवल दुई गोलले अगाडी भएको हो ।

पहिलो हाफमा एक गोल पनि लगाउन नसकेका काँकडभिट्टा दोस्रो हाफमा लयमा फर्कियो । आक्रामक खेल खेल्दै दोस्रो हाफमै काँकडभिट्टाले तीन गोल लगायो । खेलको ११ औँ मिनेटमा काँकडभिट्टाका पदम राईले एक गोल फर्काए । खेलको १८ औँ मिनेटमा काँकडभिट्टाकै अमोश मगरले गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।

खेलको २६ औ मिनेटमा कचनकवलले आत्मघाती गोल गरेपछि काँकडभिट्टाले रोमाञ्चक जित हासिल गरे । खेलको म्यान अफ द म्याच काँकडभिट्टाका सुमन श्रेष्ठ घोषित भए । उनलाई ट्रफि र नगदसहित पुरस्कृत गरिएको थियो ।

शनिवार हुने पहिलो सेमीफाइनल खेल चन्द्रगढी फुटबल क्लब र फुलगाछी फुटबल क्लब बिच हुने खेल संयोजक अनिल लिम्बूले जानकारी दिए ।

ख्रिष्टमस २०१९ र नववर्ष सन् २०२० को अवसरमा बिलिभर्स इष्टर्न चर्च भद्रपुरद्वारा आयोजित प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतिकृया दिनुहोस्