News Portal

  • म्याराथनमा किरण बोगटीले जिते स्वर्ण पदक

    रातोपोस्ट संवाददाता
    ५२० पटक

    काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ ।

    पुरुषतर्फको म्याराथनमा नेपालका लागि किरणसिंह बोगटीले स्वर्ण पदक जितेका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।

    भारतका रसपाल सिंहले २ घण्टा २१ मिनेट ५६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जिते भने भारतका श्रे सिंहले २ घण्टा २२ मिनेट ६ सेकेण्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते ।

    किरणको स्वर्णसँगै नेपालको स्वर्ण संख्या ४२ पुगेको छ भने नेपालले एथ्लेटिक्समा ३ स्वर्ण जितेको छ । यसअघि जारी सागमा सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले एथ्लेटिक्समा स्वर्ण जितिसकेका छन् ।

    म्याराथनमा धावक बैकुण्ठ मानन्धरको नेपाली कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । सन् १९८७ मा भएको तेस्रो सागमा बैकुण्ठ मानन्धरले निर्धारित दूरी २ घण्टा १५ मिनेट ०३ सेकेण्डमा पूरा गरेका थिए । बैकुण्ठ मानन्धरले तीन वटा सागमा म्याराथन दौडमा स्वर्ण पदक जितेका छन् ।

    १९९५ को सागपछि म्यारथनमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो । १९९५काे सागमा टीका बोगटीले स्वर्ण पदक जितेका थिए । २०१० मा राजेन्द्र भण्डारीले म्याराथनमा स्वर्णमा जिते पनि डोपिङका कारण उनको पदक खोसिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)