
काठमाण्डौ। १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २-१ अन्तरले हराएको हो।
नेपालका तर्फबाट अभिषेक रिजाल र अन्नत तामाङले गोल गरेका हुन्। खेलको १९औँ मिनेटमा माल्दिभ्सका इब्रहाम हुसेनले अग्रता दिलाएका थिए।
४३औँ मिनेटमा डिबक्सबाट अभिषेकले उत्कृष्ट गोल गरेर खेललाई बराबरी गरे भने ५२ औँ मिनेट अनन्तले गरेको गोल नै निर्णायक बन्यो।
नेपाल ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेल बंगलादेशसँग खेल्ने छ।