News Portal

  • नेपाल डेरी एसोसिएसनको दोस्रो साधारणसभा सम्पन्न

    रातोपोस्ट संवाददाता
    ७३० पटक

    झापा । नेपाल डेरी एसोसिएसन प्रदेश नंं १ को दोस्रो साधारणसभा सम्पन्न भएको छ । कनकाई नगरपालिका–२ स्थित प्रजानन्द पशुपालन केन्द्रद्वारा सञ्चालित गाई फार्ममा उक्त साधारणसभा सम्पन्न भएको थियो ।

    नेपाल डेरी एसोसिएसन प्रदेश नंं १ का संयोजक हेमचन्द्र खनालको सभापतित्व तथा  कनकाई नगरपालिका वार्ड नंं २ का अध्यक्ष परशुराम गिरी को प्रमुख आतिथ्य रहेकाे कार्यक्रममा नेपाल डेरी एसोसिएसनका प्रथम केन्द्रीय उपाध्यक्ष राजन चिमरियाकाे विशिष्ट आतिथ्यमा सभा सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि गिरीले प्रजानन्द पशुपालन केन्द्रका सञ्चालक प्रजापति मैनालीलाई १५÷१५ लिटर २ थान स्टिलका बाल्टी, १ बोरा चोकर, १ बोरा दाना र ५ लिट तेल प्रदान गरी साधारणसभाको उद्घाटन गरेका थिए ।

    कार्यक्रममा गिरीले नेपाल सरकारको कृषि क्षेत्रमा १५ प्रतिशत मात्र बजेट छुट्याउने नीति भए पनि आफ्नो वार्डमा पशुपालन तथा कृषिक्षेत्रमा ३० प्रतिशत बजेट विनियोजन गरेको जानकारी दिए ।

    त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि चिमरियाले दूध उत्पादक किसान र दुध व्यवसायीका वीचमा सुमधुर सम्बन्ध हुनुपर्ने र मुलकलाई दूधमा पूर्ण रुपमा आत्मनिर्भर बनाउन सकिने बताए।

    उनले आफ्नो संस्थाले प्रदेश नं. १ का सामुदायिक विद्यालय र अस्पतालहरुमा निःशुल्क दूध वितरण गर्दै आएको  जानकारी दिए ।
    चिमरियाले वास्तविक रुपमा श्रममा रमाउने किसानका पक्षमा सहयोग र अनुदानका कार्यक्रम ल्याउन नेपाल सरकारलाई अनुरोध गरेका थिए।

    कनकाई नगरपालिका वार्ड नं. २ का वार्ड सदस्य घनश्याम मैनालीको विशेष आतिथ्य रहेको साधारणसभामा नेकपा वार्ड नं. २ का इञ्चार्ज भीष्म मैनाली, सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूह कनकाई–२ का अध्यक्ष भक्तबहादुर पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । नेपाल डेरी एसोसिएसन झापा सचिव भरत ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रम प्रदेश नं. १ का सचिव शरणकुमार पराजुलीले सञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)