News Portal

  • इतिहास रच्दै गाैरीकाले जितिन चाैथाे स्वर्ण

    रातोपोस्ट
    ६१३ पटक

    काठमाडौं ।पौडीमा सनसनी मच्चाइरहेकी गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्षे इतिहासमा एउटै संस्करणमा चार स्वर्णपदक जित्ने पहिलो नेपाली बनेकी छन् ।

    पौडी प्रतिस्पर्धाको पाँचौ दिन सोमबार १ सय मिटर फ्रिस्टाइलमा भारतकी शिवांगी शर्मालाई उछिन्दै १७ वर्षीया गौरिकाले यो सफलता हात पारेकी हुन् ।

    उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पार गरिन्।

    भारतकी शिवांगी शर्माले रजत जितिन्। उनले निर्धारित दूरी ५८ दशमलव १५ सेकेन्डमा पार गरिन्।

    गौरिकालाई पौडीको अन्तिम दिन सोमबार दीपक विष्टको कीर्तिमान बराबरी गर्न सफल भइन्। तेक्वान्दोका विष्टले नेपालका लागिचार स्वर्ण चार संस्करणमा जितेका छन्।

    १३औँ सागमा गौरिकाले ४ स्वर्ण सहित २/२ वटा रजत र कांस्य समेत जितेकी छन् ।-ई-कान्तिपुर 

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)