News Portal

  • फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा पाण्डे

    रातोपोस्ट संवाददाता
    ६५१ पटक

    झापा। नेपाल फोटो पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा विनोद पाण्डे चयन भएका छन् ।

    शाखाको पहिलो अधिवेशनले पाण्डेको नेतृत्वमा ९ सदस्य नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा इन्द्रजीत मुखिया, सचिव विष्णुप्रसाद लामिछाने, सह–सचिवमा प्रकृति न्यौपाने र कोषध्यक्षमा शरद जोशी चयन भएका छन् ।

    त्यस्तै समितिको सदस्यहरुमा अमित खम्बु,भारती राई, धर्मराज प्रसाई चयन भएका छन् । समितिको दुई सदस्य पछि मनोनयन गरिने बताइएको छ ।

    संस्थापक अध्यक्ष सिद्धर्थ नवीन उप्रेतीको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल फोटो पत्रकार महासंघ केन्द्रिय उपाध्यक्ष सागर श्रेष्ठ, महासचिव हरि रेग्मी, प्रदेश–१ का अध्यक्ष वेदराज पौडेल लगायतको आतिथ्य रहेको थियो ।

    अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । दुई वर्षे कार्यकालका लागि निर्वाचित अध्यक्ष पाण्डेले झापाका फोटो पत्रकारहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्नुका साथै दक्ष फोटो पत्रकार बनाउने बताए ।

    उनले फोटो पत्रकारिताको ब्यवसायिक विकासका लागि सबैसंग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । फोटोपत्रकारिता मार्फत स्थानीय तहसँग सहकार्यगर्दै पर्यटन वर्षलाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्न सबै फोटो पत्रकारहरु एक जुट भएर लाग्ने बताइएको छ ।

    अध्यक्ष पाण्डे एक दशकदेखि पूर्वाञ्चल दैनिकमा फोटो पत्रकारका रुपमा काम गर्दै आएका छन् । उनी आमसञ्चार डटकमका प्रमुख रहेका छन् । पछिल्लो समय अनलाइनको माध्यमबाट फोटोपत्रकारितालाई उनले झापामा अघि बढाइरहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)