बीबीसी

फिनल्यान्ड। फिनल्यान्डमा गठबन्धन सरकारको नेतृत्वमा पुगेकी सान्ना मारिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन् ।
सोसल डेमोक्रेटिक पार्टीबाट यातायात मन्त्री रहेकी मारिन प्रधानमन्त्री अन्टी रिन्नेले छोडेपछि नेतृत्वमा छनोट भएकी हुन् । ३४ वर्षीया सान्नाले यसै साता प्रधानमन्त्रीको शपथ लिने सम्भावना छ ।
उनले सेन्ट्रल लेफ्ट कोलिसनमा सामेल ५ पार्टीको नेतृत्व गर्दै छिन् । युक्रेनका प्रधानमन्त्री ओलेक्सी हाचारुक ३५ वर्षका छन् भने न्युजिल्यान्डकी प्रधानमन्त्री जाकिन्दा अर्डेनको उमेर ३९ वर्ष हो ।