News Portal

  • साग फुटबल फाइनलको टिकट २४ घण्टाअघि नै सकियो

    उज्यालो खबरबाट
    ६४८ पटक

    काठमाण्डौ। १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको उपाधिका लागि मंगलबार नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।

    दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । लामो समयपछि घरेलु मैदानमा खेलिरहेको नेपाल फुटबल टिमको खेल हेर्नका लागि दर्शकको ओइरो लागेको थियो ।

    लिग चरणका हरेक खेलमा दर्शकको उल्लेख्य साथ पाएको नेपाली फुटबल टिम फाइनलमा पुगेसँगै दर्शकको उत्साह पनि निकै बढेको छ ।

    नेपाल र भुटानको खेलका लागि बिक्रीमा राखिएको सबै टिकट बिक्री भैसकेको छ । फाइनलका लागि सर्वसाधारणतर्फ १ हजार र भिआईपीतर्फ २ हजार रुपैयाँ टिकट मूल्य राखिएको थियो ।

    सोमबार दिउँसोबाट नै टिकटहरु सकिएको इसेवाले जनाएको छ । फुटबलको टिकटको जिम्मा इसेवाले लिएको छ । फाइनलका लागि १४ हजार टिकट बिक्रीमा राखिएको थियो । तर समर्थकको यस्तो ओइरो लाग्यो कि फाइनलको अघिल्लो दिन नै अनलाइनबाट बिक्री सम्पन्न भयो ।

    टिकट निकै सोचेभन्दा चाँडै बिक्री भएपछि कतिपय समर्थकहरुले फाइनल खेल रंगशालामा हेर्न नपाउने भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)