रातोपोस्ट संवाददाता

तनहुँ- नेत्रविक्रम चन्द ( विप्लव ) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी तनहुँकी जिल्ला अध्यक्ष ममता रुचाललाई प्रहरीले आज पक्राउ गरेको छ ।
सदरमुकाम दमौलीबाट ब्यासनगरपालिका-१ भादगाउँ तर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी रुचालमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
पक्राउ परेकी रुचालको साथबाट पार्टीको पर्चा पम्प्लेटलगायतका सामग्रीहरु बरामत गरिएको प्रहरीले जनाएको छ।