News Portal

  • साग फुटबलमा नेपाललाई स्वर्ण,भुटान उपविजेता

    रातोपोस्ट संवाददाता
    ४९७ पटक

    काठमाडौं ।१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई २-१ काेे गाेल हराउँदै नेपालले स्वर्ण जितेको छ।

    खेलकाे पहिलो हाफकाे १७ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले गाेल गर्दै अग्रता दिलाए पनि जवाफमा भुटानका कप्तान चेन्चो ग्याल्चेनले ३७ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए।पहिलो हालमा १-१ गाेलकाे बराबरी रहेको थियो ।

    दाेस्राे हाफको  ५५ औं मिनेटमा नेपालका लागि सुनिल बलले हेडिङ मार्फत गरेको गाेल नै नेपालकाे लागि निर्णायक गाेल बन्न पुगेको थियो ।

    साग फुटबलको साबिक विजेता नेपालले भारतमा सन् २०१६ मा भएको १२औं संस्करणको फाइनलमा  आयोजक भारतलाई हराउँदै उपाधि जितेको थियो। आइतबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० गोलले हराउँदै नेपालले फाइनलमा भुटानसँगको भेट पक्का गरेको थियो। प्रतिस्पर्धात्मक रहेको खेलमा  साग फुटबलमा पहिलो पटक फाइनल पुगेको भुटानले  उपविजेता बन्दै  रजत जित्न सफल भएको छ।

    राउन्ड रोविन लिगमा नेपाल  ४ खेलबाट १० अंक हासिल गर्दै समूह बिजेता बन्दै फाइनल पुगेको थियो भने भुटान ९ अंक हासिल गर्दै फाइनल पुगेको थियोे। सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिश्पर्धा भएको हो । अघिल्लो खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)