News Portal

  • प्रेममा धोका पाएको भन्दै प्रेमीको लिंग काटिदिएपछि…

    रातोपोस्ट संवाददाता
    ९४६ पटक

    काठमाडौं। प्रेममा धोका पाएपछि काठमाडौंको कपनमा एक युवतीले प्रेमीको लिंग काटिदिएकी छिन्। गएराति आफ्नै कोठामा बोलाएर ती युवतीले आफ्नै प्रेमीको लिंग काटिदिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी रमेश सिंहले जानकारी दिए।

    युवक र युवतीको नाम गोप्य राखिएको छ। हायात होटलमा काम गर्ने ती युवकको अवस्था चिन्ताजनक रहेको छ। उनको ओम अस्पतालमा उपचार भइरहेको छ। उनीहरुबीच एक वर्ष देखि प्रेम चल्दै आएको थियो।

    प्रहरीका अनुसार एक हप्ता अघि युवकले घरायसी कारण देखाउँदै विवाह गर्न नसक्ने जनाएका थिए। अन्तिम पटक भेटुम् भन्दै ती युवतीले कोठामा बोलाएर युवकको लिंग काटिदिएको कपनकी प्रहरी निरीक्षक सुरक्षा केसीले जानकारी दिइन्।

    युवतीले आफ्नो हात पनि काटेकी छिन्। उनको पनि प्रहरी नियन्त्रणमै उपचार भइरहेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)