News Portal

  • कवि सर्जकहरुद्वारा भारतीय अतिक्रमण बिरुद्ध दाेस्राे चरणको सडक कविता कार्यक्रम सम्पन्न

    रातोपोस्ट संवाददाता
    ९८७ पटक

    काठमाडौं , २५ मङ्सिर।कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत देशका भुभागाहरुमा भारतिय हस्तक्षेप र सिमा अतिक्रमको बिरुद्द क्रान्तिकारी माक्र्सवादी तथा देशभक्त युवाहरुको सडक कविता आन्दोलनको दोस्रो कार्यक्रम सम्पन्न भएको छ।

    काठमाडौंको विभिन्न चोकका भित्ताहरुमा प्रगतिशील श्रस्टाहरुले कबिता पोस्टरिङ गर्दै निधारमा कालो पट्टि बाधेरं कबिता बाचन गरेेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य जन्मदेब जैसी,सडक कविता आन्दोलनका संयोजक एबम क्रान्तिकारी युवा साहित्यकार रसुवाली कवि, कवि बि पि बिद्रोही ,कवि दिपेन सिम्खडा,दामोदर ढकाल, अग्रज साहित्यकार रत्न प्रसाद अनाममणी, नबराज बिस्ट , कवि रण बहादुर राना लगाएत श्रस्टाहरुले आफ्नो रचनाहरु बाचन गर्नुभएको थियो।

    कार्यक्रमका संयोजक रसुवाली कवि ले मौसमी राष्ट्रबादले आक्रान्त पारिरहेको हालको परिवेशमा श्रस्टाहरुले कबिता मार्फत यसरि बिद्रोह गर्नुको राष्ट्रिय अर्थ रहेको बताउनु भयो।हरेक प्रगतिशील श्रस्टाहरु सडक आउन आबस्यक रहेको समेत उहाँले बताउनु भयो।साथै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङघका केन्द्रिय सदस्य जन्मदेब जैसिले राष्ट्रियताकाे यो आन्दोलनमा सँधै साथ रहने र साहित्य र पत्रकारहरु सँगसँगै  अगाडि बढ्ने बताउनु भयो।कार्यक्रममा राष्ट्रियता र माटो प्रेमले ओतप्रोत कविता मुक्तक लगायतका रचना हरु बाचन गरिएका थिए।

    सडक कविता आन्दोलनलाई स्थानीय एबम सर्बसाधारण हरुको राम्रो समर्थन रहेको थियो।सडक कविता आन्दोलन कार्यक्रम निरन्तर अगाडि बढने उल्लेख गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)