
बिर्तामोड । साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बिर्तामोडको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
निर्वाचन सम्पन्न भएसँगै हाल मतपेटिका सिलबन्दी भइरहेको साना सहरी, खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्य सम्पादन समितिका संयोजक सिपी कडरियाले जानकारी दिए ।
मतपेटीका प्रहरीको सुरक्षामा खानेपानी संस्थाको कार्यलयमा नै रहने छ । कडरियाले भने, ‘भोली बिहान ८ बजे निर्वाचन समिति र कार्य सम्पादन समितिको बैठक बसेर मतगणनाको प्रकृया सुरु गछौ ।’
संस्थाको नयाँ कार्य समितिका लागि आज भएको मतदानमा ७५.६८ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । कुल मतदाता संख्या ३ हजार ७ सय १२ रहेकोमा जम्मा २ हजार ८ सय १२ मत खसेको निर्वाचन संयोजक टंक उप्रेतिले जानकारी दिए ।