News Portal

  • वडा अध्यक्ष महिला कर्मचारीसँग बन्द कोठामा भेटिएपछि…

    खबरहब
    ७८१ पटक

    पर्सा। पर्साको छिपहरमाई गाउँपालिकाका वडा अध्यक्षलाई स्थानीयले निर्घात कुटपिट गरेका छन् ।

    गाउँपालिकाको वडा नं.३ जयमंगलापुरका वडाध्यक्ष विनोद साह कानुलाई स्थानीयले कुटपीट गरेका हुन् । बन्द कोठामा कर्मचारीसँग मस्ती गरिरहेको आरोपमा स्थानीयले उलाई निर्घात कुटपीट गरेका हुन् ।

    वडा कार्यालयमा सेवाग्राही पुग्दा वडाध्यक्ष कानु र वडा कार्यालयकी सहयोगी महिला एउटा बन्द कोठामा थिए । वडा कार्यालय पुगेका सेवाग्राहीले कार्यालयको कोठाको ढोका खोल्दा वडाध्यक्ष कानु आक्रोशित हुँदै स्थानीयलाई गालीगलौज गर्न थाले पछि विवाद भएको थियो ।

    कोठा खोलेको निहुँमा वडाध्यक्ष स्थानीय माथि गाली गलौज गर्दै खनिए पछि विवादले उग्ररुप लिएको थियो । यसै विषयलाई लिएर कानुको आचरण ठिक नभएको आरोप लगाउँदै कार्यालयमा जम्मा भएका स्थानीयले कुटपीट गरेका हुन् ।

    घटनास्थलमा पुगेको प्रहरीमाथि पनि स्थानीय जाइलागेका थिए । प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटना बारे अनुसन्धान गर्न स्थानिय वृजेश मुखिया विन र अनिश कुमार साहलाई वुडगाई प्रहरी चौकीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)