News Portal

  • मेचीनगरमा वडास्तरीय फुटबल प्रतियोगिता हुँदै

    रातोपोस्ट संवाददाता
    ६६८ पटक

    झापा। आगामी पुस ४ गतेबाट प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

    मेचीनगर–८ नम्बर वडा खेलकुद समितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता बारे जानकारी दिइएको हो ।

    आयोजक समितिका संयोजक एवं कार्यक्रमका सभापति सन्तोष मेचेले प्रतियोगिताको फाइनल खेल आउँदो पुस १५ गते हुने बताए ।

    ग्रामिण भेग र वडास्तरबाट फुटबल विधाका दक्ष खेलाडी उत्पादन गर्न लागिएको सो प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको उनले बताए ।

    मेचीनगर–८ नम्बर वडा खेलकुद समिति आयोजक रहेको प्रतियोगिताको सह आयोजकमा आदर्श धिमाल समाज र सेन्ट्री युवा क्लव छन् ।

    आयोजक क्लवका सह संयोजक सागर लिम्बूले प्रतियोगितामा नगरका १५ वटा वडा खेलकुद समिति र आयोजक वडाको थप एउटा टिम गरी १६ वटा टिमले भाग लिने बताए ।

    आयोजक समितिका सचिव तथा कार्यक्रमका सञ्चालक रेवन्तराज पोखरेल (अर्जुन) ले प्रतियोगिता सम्पन्न गर्न ३ लाख रुपैयाँ खर्च पूर्वानूमान गरिएको जानकारी दिए ।

    उनका अनुसार प्रतियोगिताका लागि मेचीनगर–८ नम्बर वडा कार्यालयले २ लाख रुपैयाँ बजेट उपलब्ध गराउने र थप रकम स्वेच्छिक रुपमा सहयोग संकलन गरी जुटाइने बताए ।

    मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेता टिमले २६ हजार रुपैयाँ नगदराशी पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)