News Portal

  • चौथो कनकाई नगरकप फुटबल प्रतियोगिता हुने

    रातोपोस्ट संवाददाता
    ५८२ पटक

    झापा। कनकाई मावि सुरुङ्गाको खेल मैदानमा मंसिर २८ गतेदेखि चौथो पालिका स्तरीय कनकाई नगरकप फुटबल प्रतियोगिता हुने भएको छ ।

    कनकाई खेलकुद प्रतिष्ठानले  सुरुङ्गामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा गरिसकेको जानकारी दिएको हो ।

    प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईले अघिल्ला प्रतियोगिता भन्दा यस वर्षको पुरस्कार राशी वृद्धि गरिएको बताए ।

    प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ र दोस्रो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैँया राखिएको छ । प्रथम पुरस्कार कनकाई नगरपालिका र दोस्रो पुरस्कार गएको वर्ष विजेता झापा गाउँपालिकाले प्रायोजन गर्ने भएको छ ।

    प्रतियोगितामा हरेक म्याचको म्यान अफ द म्याच र फाइनलका दिन विधागत तर्फका खेलाडीलाई नगदसहित पुरस्कृत गरिने भएको छ ।

    प्रतियोगिताको उदघाटन खेल कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिका वीच हुने खेलाडी व्यवस्थापन समितिका संयोजक विनोद राना मगरले बताए ।

    प्रतियोगितामा कनकाई नगरपालिकासहित बुद्धशान्ति, झापा, गौरीगंञ्ज, बाह्रदशी, हल्दिबारी, कमल गाउँपालिका छन् भने बिर्तामोड, शिवसताक्षी, दमक र अर्जुनधारा नगरपालिकाको सहभागिता रहने भएको छ । प्रतियोगिता सम्पन्न गर्न राजेन्द्र उप्रेतीको संयोजकत्वमा १७ सदस्यीय मूल समिति र विभिन्न उपसमिति निर्माण गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)