News Portal

पाकिस्तानमा वकिलकाे समुहले गर्याे अस्पताल ताेडफाेड,बिरामीको मृत्युु ,४० वकिल पक्राउ

एजेन्सी
६९७ पटक

इस्लामाबाद।पाकिस्तानकाे लाहाेरस्थित एक अस्पतालमा वकिलहरुकाे एक समुहले अस्पतालमा ताेडफाेड गरेका छन्।डाक्टरको कुटाइको बदलामा वकिलहरुको एक समूहले अस्पताल तोडफोड गरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

लाहोरस्थित एक अस्पतालका डाक्टरले एक वकिललाई कुटेको भन्दै बदलाको रुपमा वकिलहरुले अस्पताल तोडफोड गरेका हुन् ।ताेडफाेडका क्रममा अस्पतालका एक बिरामीको मृत्यु भएको छ ।

उनीहरुले लाहोरको पन्जाब इन्स्टिच्युट अफ कार्डिओलोजीमा छिरेर तोडफोड गरेका हुन् । यससँगै उनीहरुले विरोध स्वरुप सवारी साधनमा आगजनी समेत गरेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबारको यस घटनापछि प्रहरीले ४० जना वकिललाई पक्राउ गरेको छ । साथै घटनाको छानविन गर्ने प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)