News Portal

  • अस्मिता लुटिएको देश

    रातोपोस्ट
    १४६५ पटक

    ***अस्मिता लुटिएको देश***
    ——-कविता——
    हे इष्ट तिम्रो मन
    अनि मेरो मन
    कति फरक छ
    तिमी हेपी रहने
    म हासि रहने
    तिमी मार्न खोज्ने
    म मरिरहने
    पल्टाएर हेर त
    इतिहासका पानाहरु
    तिम्रो इज्जत लुटिदा
    म लडिरहे ,बढिरहे
    त्यसैको उपहार आज दिदैछौ रे
    मेरी आमाको अस्मिता लुट्दैछौ रे।
    इष्ट थियौ जारमा विकास भएछौ।।
    विस्तारबाद थियौ।
    साम्राज्यवादमा बिकास भएछौ।।

    मलाई लाग्थ्यो
    तिम्रो सिमाना जोगाए
    मेरो सिमाना जोगिन्छ
    त्यसैले भाला,खुकुरी,तरबार
    लिएर तिम्रो देश बचाउन
    युद्ध मैदानमा डटेर लडे
    बली चढाए,रगत बगाए
    गोर्खालीको बहादुरी जमाए
    तिम्रो देशबाट दोस्वन भगाए
    तिमीलाई स्वतन्त्र बनाए
    तिमी स्वतन्त्र हुदा
    म पनि स्वतन्त्र हुन्छु सोचे
    आज आएर पछुताएकाे छु
    मेरो राष्ट्रकाे शासकसँग मिलेर

    जाल जेलमा सन्धी बनायौ।
    मेरी आमालाई अन्धी बनायौ।।
    हैकमवादी पिल्लर जङ्गी बनायौ।।।
    मेरी आमाको अंग लुटेर आजभोलि
    तिम्रो तस्बिर रङ्गीचङ्गी बनायौ।।।।
    के सुन्नु पर्याे आज
    हेर्दा हेर्दै मेरी आमाको
    अस्मिता लुट्दै छौ रे
    इष्ट थियौ जारमा बिकास भएछौ।
    विस्तारबाद थियौ
    साम्राज्यवादमा बिकास भएछौ।।

    म भन्दैछु
    कालापानी,नालापानी
    लिम्पियाधुरा,लिपुलेक
    ६०हजार हेक्टर जमिन
    नेपाल आमाकै हो।
    मित्र हौ भने फिर्ता गर
    नेपाल आमाको नाममा किर्ता गर
    अझै लाखौं लाख पटक भन्छु
    हे इष्ट फिर्ता गर,भन्दैछु किर्ता गर
    मित्रता तोड्न बाध्य नबनाउ
    हतियार उठाउन बाध्य नबनाउ
    थाहै छ त म नेपाली बहादुर हुँ
    मेरो स्वाभिमान विश्वमा चर्चित छ
    अब तिम्रो हैकम अति भो
    तिम्रो दादागिरी सहन सक्दैन।
    खिया लागेको खुकुरीमा
    टल्कने गरेर साँध लगाउछु
    गोर्खा फौजीमा गएको त्यो
    मेरो भाइ बिरेलाई चेतना जगाउँछु।
    हरेक नेपालीको निधार निधारमा कपन
    हात हातमा खुकुरी सजाउछु।
    राष्ट्रिय स्वाधीनताको रक्षा गर्न
    दसगजामा गएर बली चढाउछु।।
    — किनकि म नेपाली हुुँ–
    नेपाल आमाको अस्मिता लुटियो
    इष्ट थियो जारमा बिकाश भयो।
    विस्तारबाद थियो
    साम्राज्यवादमा बिकाश भयो।।

    -रमेश रावत(विक्रान्त)
    जुम्ला
    २०७६मंसिर २६

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)