News Portal

बिर्तामोड खानेपानीमा गुरुङको प्यानल विजयी

रातोपोस्ट संवाददाता
८७१ पटक

बिर्तामोड। साना शहरी खानेपानी तथा सरसफई उपभोक्ता संस्थाको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।

मतगणनाको अन्तिम मत परिणाम अनुसार लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेद्वार जलकुमार गुरुङ १ हजार ७ सय ४ मत प्राप्त गर्दै विजयी भएका हुन् । गुरुङ ८ सय ५० मतको अग्रता राख्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी संयुक्त प्रगतीशिल प्यानलर्तफबाट अध्यक्षका उम्मेद्वार ज्ञानुराम प्रसाईले ९ सय २० मत प्राप्त गरेका छन् ।

यस्तै लोकतान्त्रिक समूहको उपाध्यक्षमा पर्शुराम सिटौलाले १ हजार ६ सय ३६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बुद्धि प्रसाद घिमिरेले ९ सय १८ मत प्राप्त गरेका छन् ।

लोकतान्त्रिक समूहका सचिवका उम्मेदवार मेघराज बास्तोला सबै भन्दा धेरै मत ल्याउँदै विजयी भएका छन् । उनले १ हजार ७ सय ३८ मत ल्याउँदा संयुक्त प्रगतीशिल प्यानलका जनबहादुर जवेगुले ८ सय ३८ मत प्राप्त गरेका छन् । कोषाध्यक्ष तर्फ लोकतान्त्रीक समूहका उम्मेद्वार सारदा रिजालले १ हजार ५ सय १० मत प्राप्त गर्दा संयुक्त प्रगतिशिल प्यानलका कमलप्रसाद पौडेलले १ हजार ४७ मत प्राप्त गरेका हुन् ।

खुल्ला सदस्यतर्फ लोकतान्त्रिक समूहका देवेन्द्र सिटौलाले १ हजार ६ सय ६७ र पारसमणी मैनालीले १ हजार ५ सय ९४ मत प्राप्त गर्दै विजयी भए भने संयुक्त प्रगतीशिल प्यानलका शंकरराज ढुङ्गेले ८ सय ९० र श्रिप्रसाद सिटौलाले ८ सय ९३ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्य तर्फ लोकतान्त्रिक समूहतर्फबाट माया प्रधान खड्गीले १ हजार ६ सय २०, सितादवी काफ्लेले १ हजार ५ सय ७९ र बालादेबी खरेलले १ हजार ५ सय ८७ मत ल्याउँदै विजयी भए भने संयुक्त प्रगतीशिल तर्फका सिता सापकोटा पौडेलले ९ सय ५०, बिनिता कुमारी राजवंशीले ९ सय २२ र हिमादेबी प्रसाईले ९ सय ५२ मत प्राप्त गरेका छन् ।

कुल मत २ हजार ८ सय १ गणना हुँदा १२८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्