News Portal

  • श्रम मन्त्री यादवकाे कर्मचारीलाई निर्देशन : ‘कामचाेर’ प्रवृत्ति नदेखाउनुस्

    रातोपोस्ट संवाददाता
    ३९३ पटक

    काठमाण्डौ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

    जिल्ला समन्वय समिति सर्लाहीमा बिहीबार साँझ कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रियमा उहाँले कुनै पनि बहानामा ढिलासुस्ती नगर्न तथा कामचोर प्रवृत्ति नदेखाउन निर्देशन दिनुभयो ।

    ‘नेपाल सरकारले अहिले कर्मचारी र जनप्रतिनिधिको कामको मूल्याङ्कन गर्दैछ’, उहाँले भन्नुभयो, ‘नेपाल सरकारको नीति नियम र कानुनभित्र बसेर स्वतन्त्र, निष्पक्ष र प्रभावकारी सेवा प्रदान गर्न सक्नुपर्दछ ।’

    मन्त्री यादवले भन्नुभयो, ‘अहिलेको सरकारलाई जनताले दुइतिहाईको बलियो बहुमत दिएको छ र इच्छा पनि बलियो नै राखेको छ । त्यो इच्छा पूरा गर्नका लागि पनि तपाईँहरुको साथ, सहयोग जरुरी छ । त्यसैले तपाईँहरु जहाँ जुन कार्यालयमा हुनुहुन्छ राम्रोसँग काम गर्नुस् । सरकार सदैव तपाईँहरुको साथमा रहनेछ ।’

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)