News Portal

  • धनुषामा बम विस्फोट : प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु, दुई घाइते

    सुरेश यादव
    ५४४ पटक

    धनुषा । धनुषाको धनुषाको थिरेश्वरनाथ नगरपालिका -५ स्थित औषधि व्यवसायी राजेश साहको घरमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

    मध्यराति भएको विस्फोटमा एकजना प्रहरीसहित तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर साहले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिर दाहाल, औषधी व्यवसायी राजेश साह र उनका छोरा रहेका छन् ।

    विस्फोटमा गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा शनिबार बिहान ६:५० मा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले पुष्टि गरेका छन् । राजेश साहले आफ्नो घरमा बम राखेको थाहा पाएपछि प्रहरी निरीक्षक दाहाललाई बोलाएका थिए ।

    विस्फोटमा परि राजेश साहका एक छोरा र एक छोरी घाइते भएका छन् ।

    बम कसले र किन राख्‍यो भन्‍ने विषय पत्ता लाग्न सकेको छैन । प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।
    >

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)