रातोपोस्ट संवाददाता

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशैभरीको मौसम परिवर्तन हुनेछ ।
शनिबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानको बुलेटिनका अनुसार देशको
मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा बदली भई हल्का वर्षा र उच्च पहाडी र हिमाली
क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
शनिबार विहान विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ भने केही हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
महाशाखाका अनुसार शनिबार दिनभरी देशका देशका मध्य र पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागमा सामान्य बदली रहनेछ।