News Portal

  • धनुषा बम बिस्फोट अपडेट : प्रतिबन्धित विप्लव नेकपाका तीन नेता पक्राउ

    रातोपोस्ट संवाददाता
    १०९९ पटक

    जनकपुरधाम। प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव नेकपाका ३ स्थानीय नेता रहेका छन् ।

    दुई महिला सहित ३ जनालाई पक्राउ गरिएकोको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिए ।

    पक्राउ पर्नेमा विप्लव नेकपाका प्रदेश नम्बर २  संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् ।

    ३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी कार्कीले बताए ।

    शुक्रबार मध्यराति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजारमा भएको बम विस्फोटमा परि स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका अन्दाजी २४ वर्षका छोरा आनन्द घटनास्थलमै मृत्यु भएको थियो।

    विस्फोटमा घाइते बनेका प्रहरी निरीक्षक अमिर कुमार दाहालको उपचारका क्रममा निधन भएको थियो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)