News Portal

  • भारतीय साम्राज्यवाद विरुद्ध, मातृभूमी बचाउन एकजुट बनाै- आचार्य

    रातोपोस्ट संवाददाता
    ७४३ पटक

    काठमाडौं। परराष्ट्र मामिलाका जानकार तथा सीमाविद हिरण्यलाल श्रेष्ठले भारतले कब्जा गरेको नेपाली भूमी फिर्ता गर्नको लागि अति उत्तम समय आएको बताएका छन् ।

    उनले फौजी हिसाबले नेपालको लिम्पियाधुरादेखि कालापानीसम्म कब्जा गरेको भएपनि सो भूमी नेपालकै भएको प्रमाण नेपालसँग भएको दावी गरे ।

    नेपाली भूमी रक्षाको लागि हाम्रो अभियान नामक संस्थाले आयोजना गरेको सडक अन्तरकृया कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले  मोदी हिन्दु विस्तारवादी शासक भएकोले जम्मु काश्मीरपछि अब नेपाललाई कब्जा गर्न अघि बढेको भएपनि उसको सपना पुरा नहुने ठोकुवा गरे ।

    कार्यक्रममा अर्कावक्ता तथा भानुभक्त आचार्यले पूर्खाहरुले  नेपाली भूमी बचाउन आफ्नो रगत दिए त्यसरी नै मातृभूमी बचाउन  एकजुट भएर भारतीय साम्राज्यवादका विरुद्ध जाइलाग्नु पर्ने बताए ।

    जनमुक्ति सेना नेपाल संघका महासचिव देविप्रसाद पराजुलीले वीर पूर्खाहरुले लडेर बचाएको नेपाल भूमी कुनै हालतमा भारतीय विस्तारवादीलाई सुम्पन नसकिने भन्दै युवाहरु एकजुट भएमा मोदीको सेनालाई कालापानीबाट लखेट्न सकिने ठोकुवा गरे ।

    अर्कावक्ता सुरेश सुवेदीले सीमानामा हस्तक्षेप गर्ने भारतीय साम्राज्यवादले आफ्नो समाप्ती खोजेकाे बताए ।

    जनवादी  कलाकार प्रदिप देवानले देशभक्ती गीतहरु प्रस्तुत गरेका थिए भने कार्यक्रमको अध्यक्षता नरोत्तम पाण्डेले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)