News Portal

  • प्रचण्डको पहिलो प्रतिवेदन : पार्टी र मोर्चालाई श्रम उत्पादनमा लगाउनुपर्छ

    रातोपोस्ट संवाददाता
    ५४७ पटक

    काठमाडौँ। नेकपा कम्युनिस्ट पार्टी (नेकपा) ले सबै स्तरमा पार्टी र मोर्चाहरूलाई श्रम उत्पादन कार्यमा लगाउनुपर्ने तर्फ ध्यान केन्द्रित गरेको छ ।

    आजदेखि शुरु पार्टी स्थायी कमिटी बैठकमा पहिलो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले श्रम र उत्पादनतर्फ ध्यान केन्द्रित गरेका हुन् ।

    प्रतिवेदनमा पार्टीका आगामि कार्यक्रमका रुपरेखा अन्तर्गत बुदा नम्बर १० मा अध्यक्ष प्रचण्डले समाजवाद उन्मुख आर्थिक आधार तयार पार्नका लागि सबै स्तरमा पार्टी र

    मोचाहरूलाई श्रम उत्पादन कार्यमा लगाउनुपर्ने उल्लेख गरेका छन् ।

    ‘सबै स्तरमा पार्टी र मोचाहरूलाई श्रम उत्पादन कार्य, र जन–सेवाका विविध कार्यक्रम बनाई निरन्तर क्रियाशील बनाउने करामा जोड दिने समाजवाद उन्मुख आर्थिक आधार तयार

    पार्न  हाम्रो पार्टीले ठोस पहल लिन पर्दछ’, प्रतिवदेनमा प्रचण्डले भनेका छन् ।

    उनले सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वयमा सामाजिक न्यायसहित आर्थिक विकासका साना–ठूला परियोजनाका सञ्जाल निर्माण गर्नुपर्ने पनि बताएका छन् ।

    ‘स्थानीय तहदेखि नै समाजवादको आधार तयार पार्ने करामा हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्दछ’, प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)