News Portal

घुस लिँदा लिँदै पक्राउ परेका डिएसपी राईलाई भ्रष्टाचार मुद्दामा सफाइ

रातोपोस्ट संवाददाता
८५३ पटक

काठमाडौं : घुस रकमसहित रंगेहात पक्राउ परेका डिएसपी श्यामकुमार राईलाई विशेष अदालतले सफाई दिएको छ।

न्यायाधीशत्रय कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले राईलाई सफाई दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० असोजमा महानगरीय प्रहरी वृत्त बौद्धबाट राईलाई एकलाख ४० हजार रुपैयाँ सहित रंगेहात पक्राउ गरेको थियो।

आयोगले राईले लिएको १ लाख ४० हजार बिगो मागदाबी सहित २०७५ कार्तिक २८ मा बिशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

आयोगले राईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसुर गरेको दाबी सहित मुद्दा दर्ता गरेको थियो।

राईले आफुलाई टेलिभिजन आवश्यक रहेको भन्दै खरिद गरेर एकजना सेवाग्राहीलाई भुक्तानीका लागि दवाब दिएका थिए।

१ लाख ४० हजारको बिल भुक्तानी लिँदालिदैं आयोगको टोलीले उनलाई पक्रेको हो।

प्रतिकृया दिनुहोस्