News Portal

  • मंगलबारे बजारको स्तरोन्नती हुने

    रातोपोस्ट संवाददाता
    २३६६ पटक

    झापा। शिवसताक्षी नगरपालिकाको वडा नम्बर २ मा रहेकाे  मंगलबारे बजार स्तरोन्नती हुने भएको छ ।

    नगरपालिकाकाे ७० प्रतिशत लगानी र स्थानीय उपभोक्ताको ३० प्रतिशत साझेदारी लगानीमा बजारको स्तरोन्नती हुने भएकाे छ ।

    वडा नम्बर २ का अध्यक्ष कुलवहादुर वस्नेतका अनुसार नगरपालिकाको ३७ लाख १८ हजार ३ सय ५५ रुपैयाँ र

    स्थानीय उपभोक्ताको १५ लाख ९३ हजार ५ सय ८१ रुपैयाँ लागत गरी कुल  ५३ लाख ११ हजार ९ सय ३६ रुपैयाँकाे लागतमा मंगलवारे बजारको स्तरोन्नती हुने बताए ।

    मंगलबारे बजार बिकास समितिका अध्यक्ष भिमवहादुर नेम्वाङ्गले बजारको तिन तिरबाट  २१२ मिटर ड्रेन निर्माण हुने त्यस भित्रको जमिनमा पिसीसी ढलान हुने  बताए ।

    नगरपालिकासंग चैत्र मसान्त सम्म निर्माणको योजना सम्पन्न गर्ने सम्झौता गरेका छौ तर, माघको पहिलो सातामा  नै निर्माण सम्पन्न गर्ने गरी काम युद्धस्तरमा अघि बढिरहेकाे  नेम्वाङ्गले  बताए।

    नगरपालिकाकाे याेजना यतिवेला नगरका मुख्यबजार, सडकको स्तरोन्नति  गर्ने,  पुल,  कलभर्टका  संरचना निर्माणमा  लागिरहेकाे नगरका प्रमुख चन्द्रकु्मार शेर्माले बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)